काठमाडौं – नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । काठमाडौंको कलंकीस्थित् मेगा पार्टी प्यालेसमा सुरु भएको बैठकमा पार्टीको केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउन माग गर्ने एक नेताले जानकारी दिए ।
पछिल्लो समय एमालेभित्र अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल समूहबीच आन्तरिक संघर्ष चर्किएको छ । अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसहित नेताहरु डा. भीम बहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफमा चारै जना नेताहरुले उल्टै ओलीलाई प्रतिस्पष्टीकरण सोधेका छन् । यसले पार्टीभित्रको विवाद हल हुनुको साटो झनै बढ्ने नेताहरुले अनुमान गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३