काठमाडौं – पार्टीको संसदीय दलको बैठकमा नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावल सहभागी नहुने भएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ३ बजे संसदीयद दलको बैठक बालुवाटारमा बोलाएका छन् ।
आजमात्रै वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले संसदीय दलको बैठकमा जाने निर्णय गरेको थियो । तर, उक्त बैठकमा आफू नजाने प्रतिक्रिया दिएका छन् । उनले किन दलको बैठकमा नजाने भन्नेबारे केही पनि खुलाएका छैनन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३