काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलु चरम फाँसीवादी निरंकुशतातिर जाने संकेत गरेका छन् ।
शुक्रबार प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली समाजलाई जर्बजस्त पछाडी धकेल्ने उद्देश्यअनुरुप राज्य नै फाँसीवादी बाटोमा लागेको बताए ।
उनले भने, ‘मुलुक अराजकतातिर जान खोजेको छ, राज्य आफैले मुलुकलाई प्रतिगमनतिर धकेल्न खोजेको छ, नेपाली जनताले सात दशक लडेर ल्याएको उपलव्धी उल्ट्याउन खोजिएको छ,’ ।
‘फुटाउ र राज गर भन्ने सामन्ती संस्कारका विरुद्ध धेरै लामो संघर्ष गर्यौँ, त्यसैको उपलबिधका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा छौ तर, अहिले त्यसैमाथि प्रहार गर्ने षड्यन्त्र भैरहेको छ’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘त्यो षडयन्त्रको व्याख्या गर्न अहिले मलाई समय छैन तर षड्यन्त्र भएको छ ।’
उनले अहिले सरकारबाटै सुरु भएको प्रतिगमनतिरको यात्रा रोक्नु नै अहिलेको प्रमुख चुनौति रहेको बताए । उनले प्रतिगमनकाविरुद्ध एक भएर जान र आवश्यक परे आन्दोलन गर्न पनि पछि पर्न नहुने बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३