काठमाडौं – काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) ले काठमाडौं जिल्ला प्रवेश गर्ने नाकाहरूमा स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न आवश्यक हेल्थ डेस्कको व्यवस्था गर्न मातहतका नगरपालिकालाई निर्देशन दिएको छ । डीसीएमसीको सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरूमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
डीसीसीएमसीले एन्टीजेनमा पोजेटिभ देखिएकालाई पीसीआर परीक्षणका लागि स्वाब पठाउन पनि निर्देशन दिएको छ ।
डीसीसीएमसीको सोमबार बसेको बैठकले सार्वजनिक स्थानमा गरिने कार्यक्रमलाई स्थगित गर्न पनि निर्देशन दिएको छ । कार्यक्रम गर्नै परेमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । साथै बैठकले सबै महानगरपालिकामा संचालित आइसोलेसन र क्वारेन्टिन सेन्टरलाई अद्यावधिक राख्न पनि भनिएको छ ।
साथै नगरपालिकाभित्र एक/एकवटा आइसोलेसन र क्वारेन्टिनको संचालन तथा व्यवस्थापन गर्नपनि सुझाइएको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने निकायलाई दण्ड एवम् जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३