काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार विहान ११ बजेका लागि तय भएको छ । बैठकले पछिल्लो राजनीतिक घटनाको समिक्षा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिनेबारे टुंगो लगाउने भएको छ ।
माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने टुंगो लागेपछि मात्र सरकारलाई दिइआएको समर्थत फिर्ता लिने रणनीति बनाएको छ । अविश्वासको प्रस्तावबारे माओवादीले अन्य दलसँग छलफल गर्दै आएको छ ।
अविश्वासको प्रस्तावका लागि माओवादी अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका अलावा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग पटक पटक छलफल गरिसकेका छन् ।
सत्ता समिकरणका लागि जनता समाजवादी पार्टीसँग विभिन्न चरणमा छलफलहरु भएपनि कुरा मिल्न सकेको छैन । जसपाभित्र महन्थ ठाकुर पक्षधर प्रधानमन्त्री ओलीसँग मिलेर जाने पक्षमा छ । तर, उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीविरुद्धको समिकरण बनाउनुपर्ने पक्षमा छन् ।
कर्णाली प्रदेशमा एमालेबाट फ्लोर क्रस भएपछि प्रचण्ड उत्साही भएका छन् । विश्वस्त स्रोतका अनुसार काँग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्षधरबीच समिकरण बनाएर भएपनि अगाडि बढ्ने तयारीहरु भइरहेको छ । त्यसमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षधर पनि जोडिने सम्भावना छ ।
सत्ता संघर्ष क्लाइमेक्समा पुगेको प्रचण्डले बताइसकेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ । सम्भवत भोलि नै माओवादीले सरकारलाई दिइआएको समर्थन फिर्ता लिएर अविश्वासको प्रस्तावका लागि अगाडि बढ्न सक्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३