काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घोषणाका गरेकी हुन् ।
राष्ट्रपतिले सभामुख अग्नि प्रसाद सापकोटालाई प्रेषित गरेको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु।’
प्रतिनिधिसभा पुनःस्थापना भएपछि गत फागुन २३ गतेदेखि प्रतिनिधिसभाको अधिवेशन चालू रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३