काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा जारी गरिएको आदेश आफैले उल्लङ्घन गरेका छन् ।
बालुवाटारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट गर्न नपाइने स्वास्थ्य मापदण्ड बनाएको थियो । सरकारका प्रवक्ता पार्वत गुरुङ्गले सो निर्णय उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐनअनुसार कानुनी कार्वाही गर्ने चेतावनी दिएका थिए ।
तर बालुवाटार मै प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यको अपस्थितीमा २५ जनाभन्दा बढी व्यक्तिको उपस्थितीमा श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह को आयोजना गरिएको छ । त्यतीमात्र नभएर प्रधानमन्त्रीले उद्घाटन गरेको यस रथ यात्राका लागि बुधबार चितवनको देवघाटमा ८ सय र माडीमा १५ सय मानिसलाई भोजन गराउने व्यवस्था गरिएको छ ।
मेला, महोत्सव जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्धलगायतका सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा २५ जनाभन्दा बदी हुन नहुने निर्णय सार्वजनीक गरेको मन्धीपरिषद्का अध्यक्षले नै आफ्नो निर्णय आफै उल्लङ्घन गरेका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३