काठमाडौँ – एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर २७ सांसदलाई प्रतिनिधिसभा सदस्यबाट हटाउने तयारी गरेका छन् ।
हटाउने प्रक्रियाका लागि ओलीले २७ जनालाई मंगलबार स्पष्टीकरण सोधेका छन् । उनीहरुमाथि पार्टी अनुशासन, विधि र पद्दति उल्लंघन गर्दै अर्कै दलको प्रतिनिधिका रुपमा गतिविधि गरेको आरोप छ । स्पष्टीकरणमा प्रतिनिधिसभाबाट हटाउनुनपर्ने कारण र आधारसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।
ती सांसदहरुमाथि पार्टी नेतृत्वको ‘लोकप्रिय सरकार’ र पार्टीविरुद्ध पार्टी अध्यक्ष र महासचिवको निर्देशनविपरीत काम गरेको आरोप छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३