काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्ष ठाकुरले आफूहरुको माग सम्बोधनको बारेमा कुरा राखेका थिए ।
प्रधानमन्त्री ओलीले एक दुई दिनभित्रै जसपाका नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने वचन दिएको बैठकमा सहभागी जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
नेता कर्णले भने,‘प्रधानमन्त्रीजीसँग आज भेटवार्ता भयो, त्यही हामीले हाम्रो माग सम्बोधनको कुरा गर्यौं । उहाँले मुद्दा फिर्ताको विषय अहिले मन्त्रालयमा छ, एक/दुई दिनमै सम्बोधन गर्छु भन्नुभएको छ ।’ उनले आफूहरुलाई सरकारमा सहभागी हुनको लागि यसअघि पनि भनिएको सुनाउँदै यो नौलो कुरा नभएको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३