काठमाडौं – नेकपा माओवादी केन्द्र स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन फिर्ताको निर्णायाधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । आज बसेको बैठकले कुनैपनि समयमा निर्णय फिर्ता हुनसक्ने भन्दै अधिकार प्रचण्डलाई दिएको हो ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकारलाई दिइआएको समर्थन फिर्ताबारे आधिकारिक रुपमा जानकारी गराउने अधिकार अध्यक्ष प्रचण्डलाई दिने निर्णय भएको बताए । उनले सरकारलाई दिइआएको समर्थन अझै फिर्ता नभएको समेत स्पष्ट पारे ।
माओवादी केन्द्रले सरकारलाई दिइआएको समर्थत फिर्ता लिनसक्नेबारे चासो बढिरहँदा माओवादी यसबारे अझै रोकिएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३