काठमाडौं – नेकपा एमालेको फुट जोगाउन अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । नक्शालस्थित होटल मेरिअटमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो ।
भेटमा एमालेको एकता जोगाउने सुत्रबारे छलफल चलिरहेको बुझिएको छ । भेटवार्ताको वातावरण योगेश भट्टराईले गरेका हुन् । उनले आज दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।
दुई नेताबीच सेतुको भूमिका निभाएर भट्टराईले आफ आफ्नो कदमबाट ब्याक बनाउने प्रयास गरेका हुन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले माधव नेपालसहित २७ सांसदलाई पदमुक्त गर्न प्रक्रिया चाल्दा त्यसलाई रोकेर एकता जोगाउन अन्तिम प्रयासस्वरुप यो भेटलाई लिइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३