काठमाडौं – नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताको लागि १२ बुँदे प्रस्ताव अघि सारेका छन् । नेता खनालले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत अध्यक्ष ओलीसमक्ष पार्टी एकताको लागि प्रस्ताव अघि सारेको जानकारी दिएका छन् ।
यसअघि नेता खनाललाई भेट्न राष्ट्रपति भण्डारी खनाल निवास डल्लुमा पुगेकी थिईन् ।
नेता खनालले पार्टीलाई एकताबद्ध बनाएर लैजानको लागि अध्यक्ष ओलीले अहम र हठ त्याग्नुपर्ने बताएका छन् । उनले भनेका छन्,‘नवौं महाधिवेशनमा विचार हाम्रो र नेतृत्व ओलीको भयो । यहीँबाट समस्या पैदा भएको हो । मैले पार्टी एकताको लागि मैले १२ बुँदे प्रस्ताव ओलीजीलाई पठाएको छु ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३