काठमाडौं – सरकारले काठमाडौं उपत्यकाका तीनसहित देशका नौं जिल्लामा १५ दिन निषेधाज्ञा जारी गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसअनुसार संक्रिय संक्रमितको संख्या दुई सय नाघेका पहाडका र पाँच सय नाघेका शहरका जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
जसअनुसार बिहीबारदेखि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुँदैछ भने बाँके, बर्दिया, बागलुङ र कालीकोटका शहरी, बढी जनघनत्व भएका र सीमावर्ती क्षेत्रमा यसअघिदेखि नै निषेधाज्ञा लागू भइसकेको छ । यस्तै सुर्खेतमा आज मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा गरिँदैछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३