काठमाडौँ – नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले केपी ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने अबस्था आएको आरोप लागाएका छन् ।
शुक्रबार सभापति देउवाले पत्रकार सम्मेलन गरेर अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने अबस्थामा पुग्नु परेको आरोप लगाएका हुन् ।
सोही क्रममा वितरित देउवाको प्रेस नोटमा काठमाडौंमा निषेधाज्ञा गरिएपछि लाखौ मानिस संक्रमित कम भएको स्थान अर्थात राजधानी बाहिर पुगेको र जसका कारण संक्रमण कम भएको ठाउँहरुमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको उल्लेख गरिएको छ ।
संक्रमितको उपचारका लागि अक्सिजन र भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न, स्वास्थ्य सामग्रीको समुचित व्यवस्था गर्न, पीसीआर परीक्षणलाई व्यापक बनाउन, सीमामा होल्डिङ सेन्टरको व्यवस्था गर्नलगायतका माग काँग्रेसले सरकारलाई दिएको छ ।
देउवाले कोरोनाको संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रवन्ध मिलाइ निषेधाज्ञाको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न आवश्यक कामहरु गर्न आग्रह गर्दै सरकारलाई ११ बुँदे सुझाव समेत दिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३