काठमाडौं – मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वसको मत लिने जानकारी गराएको एक मन्त्रीले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि प्रधानमन्त्री अोली यो निर्णयमा पुगेका हुन् । बालुवाटारनिकट स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने बताएका थिए ।
मन्त्रिपरिषद बैठक बस्नुअघि एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बसेको थियो । बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३