काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) फेरि मन्त्रिपरिषद बैठक बोलाएका छन् । हिजो आइतबार मात्रै मन्त्रिपरिषद बैठक बसेको थियो । भोलिपल्टै प्रधानमन्त्रीले पुनः अर्को बैठक बोलाएका छन् । तर, बैठकको एजेण्डाबारे मन्त्रीहरुलाई पूर्व जानकारी गराइएको छैन ।
मन्त्रिपरिषद बैठक आज ४ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने, आन्तरिक हवाई उडान बन्द गर्ने र राष्ट्रिय जनगणना स्थगित गर्ने लगायतका निर्णयहरु गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३