कृष्णा यादव, वीरगंज – सिमानाकाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बिओपी पाँकाँहा र सबैठवाको मिलेमतोमा व्यापकरुपमा गाई ,भैसी , डिजल , पैट्रोल लगाएतका सामानहरुको तस्करी भैरहेको छ ।
नेपाल सरकारले लागू गरेको लकडाउनको धज्जिया उडाउँदै सशस्त्र प्रहरी बिओपी पकाँहा र सबैठवा बिओपीको संरक्षणमा डिजल , पैट्रोल, गाई , भैसी लगाएतको तस्करी सुचारु भएको छ।
छिमेकी मुलुक भारतको बिहारमा कोरोना संक्रमितको संख्या व्यापक रुपले बढदै गएको कारणले भारतमा लकडाउन भएपनि सशस्त्र प्रहरीको सहयोगले भारतिय कामदारहरु समेत तस्करीको सामानसहित नेपाल भित्रिने गरेको हुनाले समयमै आवत जावत बन्द भएन भने पर्सा जिल्ला भरी घरघरमा कोरोना संक्रमित हुने गरने तथ्यांकले देखाउछ।
अहिले पर्सा जिल्ला कोरोनाको हटस्पट बन्दै गएको कारणले नेपाल र भारतको सिमानाकामा पुर्णरुपले आवत जावतसम्म बन्द हुने गरि बोर्डर सिल गर्न निर्देशन दिए पनि पकाँहामैनपुर , धोरे , हसवा , बडका गाऊको नाकाहुदै पेट्रोल पम्पहरुवाट १०० वटा साइकलहरुमा लोड गरि नेपालवाट भारत तर्फ दिनहुँ सशस्त्र प्रहरीको सहयोगले जाँदै गरेको भिडियो प्राप्त भएको छ ।
सो नाकावाट राती प्रतेक गोटा भैसी तस्करहरुले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलेर भित्रयाउदै गरिरहेको छ भने सो नाकामा रहेको सशस्त्र प्रहरीको बिओपीलाई प्रती भैसी ४ सय रुपैयाको दरले तस्करहरुले दिदै आएको पाकाँहा निवासी एक स्थानियले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
पर्साको पाकाँहा र सबैठवा नाकावाट भारतका नामुद तस्करहरु पर्साको खेस्राहा गाऊको नहरको बाटो हुँदै पोखरीया बाजरको बाटो प्रयोग गर्दै परवानीपुर दैनिक ५० देखी १ सय सम्म भैंसी रातीको १२ बजे देखि ४ बजे भैसी तस्करहरुले पुर्याउने गरेको छ भने पेट्रोल र डिजल भारतको विभिन्न बजारहरु सम्म पुर्याउने गरेको स्थानियहरुले बताउछन् ।
स्थानीय प्रहरी चौकी र बोर्डर आउट पोस्ट पकहाका सशस्त्र प्रहरी निरीक्षक अमृत केसी तथा बोर्डर आउट पोस्ट सबैठवाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेल दुबैले एसपि र डिआईजिको नाऊमा समेत मासिक लाखौ रूपैयाँ नजराना दिए पश्चात् माध्यमले तस्करीको लाइन सुचारू भएको स्थानीयले दावी गरेका छन् ।
यस्तो महामारीको बेलापनि सशस्त्र प्रहरीको तल्लो देखि माथिल्लो हाकिमहरुलाई लाखौं रुपैयाको नजराना बुझाई तस्करहरुले सो नाकाहरुवाट भारतवाट नेपाल तर्फ गाई , भैसी र नेपालवाट भारत तर्फ डिजल , पेट्रोल लगाएतका सामानहरुवाट लाखौं रुपैयाँको राजशव चुहावट भईरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३