काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिन नसक्ने निश्चितप्रायः भएको छ । नेकपा एमालेका २१ प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने भएपछि उनले विश्वासको मत पाउनसक्ने सम्भावना टरेको हो ।
संविधानको धारा ७६ को उपधारा १ बमोजिम बहुमतको प्रधानमन्त्री बनेका ओली यतिबेला माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् । अब विश्वासको मत लिन नसकेमा ओली धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले प्रधानमन्त्री बन्ने रणनीतिमा छन् ।
उनलाई फेरि प्रधानमन्त्री बन्न नदिन धारा ७६ को उपधारा २ बमोजिम नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समिकरणको बहुमतको सरकार बनाउने तयारी भएको छ । त्यस्तो सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्न सक्छन् ।
एमालेका कम्तिमा १५ देखि २१ प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिएर बहुमतको सरकार निर्माणको मार्ग प्रशस्त गर्ने रणनीति बनाइएको छ । सरकारको नेतृत्व देउवाले गर्ने सम्भावना छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३