काठमाडौं – नेकपा (एमाले) को विभाजन रोक्नको लागि अन्तिम प्रयास भैरहेको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिन सिंहदरबारस्थित् संसद् सचिवालयमा पुगेको बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका दूत बनेर विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ नेता नेपालसँग भेटवार्ताको लागि पुगेका थिए ।
नेता नेपाल, पौडेल र नेम्वाङबीच सिंहदरबारमा वार्ता जारी छ । उक्त भेटवार्तामा नेता नेपालले पार्टी एकता चाहेको हो भने अध्यक्ष ओलीलाई आफ्नो अडानबाट ब्याक हुन भनेका थिए । प्रधानमन्त्री ओलीले भने भोलि संसदमा विश्वासको मत लिने भएका छन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिन लागेका थिए । नेपाल पक्षधर सांसदहरुले लिखित रुपमै राजीनामा नेता नेपाललाई बुझाएको जनाईएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३