काठमाडौं – नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन्। यसबारे उनले सबै वायुसेवा कम्पनीलाई जानकारी गराएको बताएका छन् ।
यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने सूचनामा उल्लेख छ ।कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेकोमा यसलाई लम्ब्याएर सरकारले १७ जेठमा पुर्याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३