कृष्णा यादव, वीरगंज – पर्सा प्रहरीले अवैधरुपले वित्तीय कारोबार गर्ने ४ जना ८२ लाख ५० हजारसहित पक्राउ गरेको छ।
प्रहरी उपरीक्षक बेलबहादुर पाणडेका अनुसार प्रहरीले विशेष सुचनाको आधारमा यिनीहरुमाथि निगरानी गरि आर्दशनगरमा एक घरको फ्ल्याटमा छापा हानी भेटिएको कालो झोला जाँच गर्दा झोलाभित्र नेपाली रू.२५,००,०००।– ( पच्चीस लाख) र सो डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइ राखिएको रू.५७,५०,०००।– ( सन्ताउन्न लाख पचास हजार) थप फेला परेको हुँदा उल्लेखित दुवै रकम गरी जम्मा नेपाली रू.८२,५०,०००।– (बयासी लाख पचास हजार) बरामद गरी निम्न ४ जना मानिसहरूलाई ना.८प.४८९७ नम्बरको डिस्कभर मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार रकसौल वडा १८ स्थानिय वर्ष २७ को बिकाश कुमार र सो वडाको वर्ष २२ का गुड्डु कुमार , बारा जिल्ला निवासी महागढीमाई नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष १८ को कलामुधिन अंसारी, भारत बिहारका मोतहियारी जिल्ला रक्सौल वडा नम्बर ५ निवासी साहिल गुप्ता सहित ४ जनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक पाण्डेले बताए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३