काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटीको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले अहिले केहीबेरपछि बस्ने गरी आफनै निबास बालुवाटारमा बैठक बोलाएका हुन् ।
बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने सम्भावना रहेको बालुवाटार स्रोतको भनाई छ ।
राष्ट्रपतिले दिएको नयाँ सरकार गठनको समयसीमा आज साँझ ९ बजेसम्म सकिनुअघि नेपाल पक्षलाई राजीनामा गराउने प्रयास कांग्रेस र माओवादीको छ ।
राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएर संख्या जुटाउन सकस परिरहेका बेला संस्थापन पक्षले संवाद जारी राखेको छ ।
हिजो माधव नेपाललाई गोकर्ण विष्ट लगायत उनी निकट केही नेताहरुले राजीनामाबाट पछि हट्न दबाब दिएको बुझिएको छ ।
यसैबीच अहिले विहानै ओलीको तर्फबाट वार्ता गर्न अर्थमन्त्री बिष्णु पौडेल माधव नेपाल निवास कोटेश्वर पुगेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३