काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापरवाहीका कारण कोरोना संक्रमणबाट ज्याउन गुमाउनेहरुको संख्या बढिरहेको बताएका छन् ।
इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ‘ईद उल फित्र’ का अवसरमा एक शुभकामना व्यक्त गर्दै देउवाले सरकारको असंवेदनशीलता र अकर्मन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या बढेको उल्लेख गरेका हुन् ।
यस्तो परिस्थितिमा नागरिक आफैं पनि सचेत हुन जरुरी रहेको उनले बताएका छन् । उनले भनेका छन्, ‘यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउनु हुन म सबैलाई आग्रह गर्दछु ।’
इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको देउवाले आफ्नो शुभकामनामा व्यक्त गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३