काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको विवादले फेरि नयाँ रुप लिएको छ । ओली समूह जेठ २ २०७५ को अवस्थामा फर्कन नमानेपछि विवाद देखिएको हो ।
जेठ २ बाट टेकेर जाऔं भन्दा ओली फेरि नयाँ ढंगबाट जान कार्यदल बनाएर सुझाव लिएर बढ्ने पक्षमा देखिएका छन् । प्रधानमन्त्री ओलीका सल्लाहकार डा. राजन भट्टराईले जेठ २ मा फर्कन नसकिने र २८ फागुनमा ओलीले लिएको निर्णय पनि फिर्ता हुन नसक्ने बताइसकेका छन् ।
यसअघि ओली जेठ २ मा टेकेर जानेबारे सकारात्मक बनेका थिए । तर, धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बनेपछि ओली फेरि माधव नेपाल समूहलाई पेलेरै जाने रणनीतिमा पुगेको देखिदैछ ।
ओलीले माधव नेपालसहित ४ नेतामाथिको कारबाही मात्र फुकुवा गरेका छन् । एमालेको नवौं महाधिवेशनको निर्वाचित पदाधिकारीलाई यथावत् राख्न मानेका छैनन् । पदाधिकारीमा ओलीको भन्दा नेपाल समूहको बहुमत छ । त्यसैले उनी त्यसलाई पुर्नजिवित गर्न चाहिरहेका छैनन् ।
एमाले विवाद मिलाउन कार्यदल नै बनाउन ओली तयार नदेखिएपछि मिल्ने सम्भावना कमजोर भएको छ । यसले ओली र नेपालबीच फेरि टकराव बढ्ने देखिदैछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३