काठमाडौं – नेकपा एमालेभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज अपरान्ह छलफल हुने भएको छ ।
गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्यबारे छलफल गर्न लागेका हुन् ।
यद्यपि दुई नेताबीचको भेटवार्ताको समय तय भइनसकेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
‘आज कार्यदलमा रहने सदस्यहरुको नाम टुंग्याउने गरी दुई नेता बस्ने कुरा छ । समय र स्थान तय भइसकेको छैन तर एकदुई बजेतिरको समय हुनसक्छ’, नेम्वाङको भनाइ छ ।
गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३