काठमाडाैं – काठमाडौं उपत्यकाका केही स्थानमा बर्ड फ्लू देखिएको पशु सेवा विभागले जनाएको छ। कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाका केही फार्ममा रहेका कुखुरा तथा टर्कीमा बर्ड फ्लू देखिएको हो।
बर्ड फ्लू पुष्टि भएको क्षेत्रबाट रोग तत्काल नियन्त्रणमा लिन त्यहाँ रहेका टर्की तथा कुखुरा नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ।
कीर्तिपुर नगरपालिकाका दुईवटा तथा चन्द्रागिरि नगरपालिका–२ का कृषकले पालेका टर्कीमा बर्ड फ्लू पुष्टि भएपछि विभागले अन्य घर पालुवा पन्छीमा रोग सार्न सक्ने भन्दै नष्ट गरेको हो।
बर्ड फ्लूको आशंकामा ५३५ टर्की, ४९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० हाँस, १७८ अण्डा र ९ सय किलो दाना नष्ट गरी सुरक्षित तवरले तह लगाइसकिएको र रोग देखा परेको क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिसकिएको विभागले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३