काठमाडौं – सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ ।
आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
उनले कोरोना रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गर्ने बताएका छन् ।
सबै नेपालीको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले कोभिड रोकथाम नियन्त्रण र खोप सुनिश्चितताका लागि अभाव हुन नदिने बताएका छन् ।
निःशुल्क परीक्षण र उपचारको व्यवस्था बिरामीको उपचारका लागि अक्सिजन प्लान्ट सिलिन्डर तरल अक्सिजन ढुवनी गर्ने व्यवस्था मिलाइने उनले बताए ।
१०० भन्दा बढी शय्या भएका अस्पतालमा अफ्नै प्लान्ट राख्न लगाउने नीति सरकारले लिएको छ ।
प्लान्ट राख्न निजी क्षेत्र र सामुदायिक क्षेत्रलाई लागतको ५० प्रतिशत अनुदान दिने घोषाण पनि बजेटले गरेको छ ।
यस्तै आइसीयू, एचडीयू लगायतका उपकरण खरिद गर्न ४ अर्ब विनियोजन भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३