काठमाडौं – उपत्यकामा निषेधाज्ञा जेठभर जारी गरिने भएको छ । निषेधाज्ञाको समिक्षा गर्दै आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले त्यसबारे निर्णय लिने टुंगो लगाएका हुन् ।
भोलि प्रमुख जिल्ला अधिकारीहरुले जेठभर निषेधाज्ञा लम्ब्याउने गरी सूचना जारी गर्ने टुंगो लगाएको बुझिएको । आज बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमण दर घट्दै गएको र जेठभरमा अझ घट्ने आँकलन समेत गरेको छ ।
अब निषेधाज्ञा लम्ब्याएपनि खुकुलो बनाउने तयारी भएको छ । अब विहान दुई घन्टा किराना पसल खोल्न दिने तयारी समेत भएको छ । विहान ७ देखि ९ बजेसम्म किराना पसल खोल्न दिने निर्णय भोलि आउने बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३