काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले खनाल–नेपाल समूहले असंवैधानिक तवरले बैठक बोलाएको भन्दै सहभागी नहुन निर्देशन जारी गरेको छ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यहरूलाई सहभागी नहुन भनेका हुन्।
‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले)को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो कृयाकलापको निन्दा एवम् भत्र्सना गर्दछु।’ उनले भनेका छन्। ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानुन विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सूचित गर्दछु।’
खनाल-नेपाल समूहले आज विहान आफ्ना केन्द्रीय सदस्यहरुको बैठक बाेलाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३