काठमाडौँ – कोरोना भाइरस महामारीका कारण जारी गरिएको निषेधाज्ञाको कारण बन्द भएको अन्तर्राष्ट्रिय उडानको फाइदा उठाउदै केही ठूला ट्राभल एजेन्सीले सरकार कै मिलेमतोमा ब्रम्हलुट मच्चाइरहेका छन् ।
पैसाको चलखेलमा पहुचवाला ट्राभल एजेन्सीलाई फ्लाइट चार्टरको अनुमती दिएर अप्ठ्यारोमा परेका यात्रुमाथी ब्रम्हलुट मच्चाउन सरकारले नै साथ दिइरहेको छ । मन्त्री परिषदको निर्णयले १८ जेठ देखि चीन, कतार र टर्कीको नियमित उडान खुलाउने निर्णय गरेको थियो । खुलाइएका देशहरुको वायु सेवा कम्पनीमा पहुच राख्ने ट्राभल एजेन्सीले सबै सिट हडपेर महंगो टिकट बिक्री गरिरहेका छन् ।
अप्ठ्यारो परेका यात्रुलाई १६४० अमेरिकी डलर पर्ने टिकटलाई दुई लाख तीस हजारमा बेचेर कालो बजारी गरीरहेको अवस्थामा समेत कार्वाही नगरी झन् चार्टरको अनुमती दिदै सरकारले नै ब्रम्हलुट मच्चउन सहयोग गरीरहेको छ ।
टर्किस एयरलाइन्स र कतार एयरलाईन्समा रहेको पहुँचका आधारमा केही ट्राभल एजेन्सीले सबै सिट हडपेर दोब्बरसम्मको मूल्यमा बिक्रि रहेको एक ट्राभल एजेन्सी संचालक बताउँछन् । पहुँचवाला ट्राभल एजेन्सीले सिट हडपेर कुनै दलालको मार्फत अन्य ट्राभल एजेन्सीलाई अत्याधिक चर्को मूल्यमा टिकेट बिक्रि गर्ने गरेको पनि जानकारी दिए ।
लामो समय देखि कारोना संक्रमितको संख्यामा कमी नआउदासमेत सबै भन्दा जोखिमयुक्त क्षेत्र अन्तर्राष्ट्रिय उडाउन खुलाउनुको कुनै सकारात्मक कारण नहुने जानकारहरु बताउछन् । अन्य देशको उडान रोकेर चीन, कतार र टर्कीको मात्र उडान खुलाउनुले पनि पहुँचवाला ट्राभल एजेन्सीलाई पोस्न कै लागि मात्र भएको अनुमान गर्न गाह्रो नहुने पर्यटन व्यवसायीहरुको बुझाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३