काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको नयाँ मन्त्रिमण्डलको गृह मन्त्रीमा एमालेका युवा नेता महेश बस्नेतको नाम चर्चामा रहेको छ ।
बस्नेत ओलीका सबै भन्दा नजिकका विश्वास पात्रको रुपमा चिनिन्छन् ।
प्रधानमन्त्री ओलीले आज मात्रै जसपाबाट ८ जनालाई मन्त्री पदमा नियुक्त गरेका छन् । तर गृह मन्त्रालय भने आफ्नै मातहतमा राखेका छन् ।
विविध सेवा सुविधा तथा शक्तिका कारण गृह मन्त्रालय प्रधानमन्त्री पछिको महत्वपूर्ण पदको रुपमा लिइने गरेको छ ।
बस्नेतले ओलीको हर कदममा साथ दिएको बदलामा गृह मन्त्रीको पद बक्सिस दिने चर्चा एमाले वृत्तमा चलेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३