काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टिजेन विधिबाट १९ हजार ७५७ जनामा संक्रमण देखिएको छ ।
नयाँ संक्रमितमध्ये काठमाडौँमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना रहेका छन् । यही अवधिमा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् । देशमा निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।
पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने दर बढी रहेका कारण सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३