काठमाडौँ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना दु्रत प्रतिकार्य कोषको लागि १ लाख रुपैयाँ प्रदान गरेका छन् । मन्त्री श्रेष्ठले पुल्चोक, हरिहरभवनस्थित मन्त्री निवासमा कोषका संयोजक सुरेन्द्रभक्त श्रेष्ठलाई सो रकम बुधबार हस्तान्तरण गरे । कोरोना महामारीको समयमा पत्रकारहरुलाई सहयोग गर्न पत्रकार राष्ट्रिय दबूले कोरोना द्रुत प्रतिकार्य समूह गठन गरेको थियो । समूह मार्फत रकम जुटाउने कार्य भइरहेको समयमा मन्त्री श्रेष्ठबाट सो रकम प्रदान गरिएको थियो ।
सो अवसरमा मन्त्री श्रेष्ठले पत्रकारिता मार्फत समुदायको अधिकार, भाषा, संस्कृतिको उत्थानमा पत्रकार राष्ट्रिय दबूले पुर्याउँदै आएको योगदानको सराहना गर्दै त्यस कार्यमा हौसला प्रदान गर्न आफूले व्यक्तिगत रुपमा यथोचित सहयोग गरेको बताए । उनले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउने पत्रकार राष्ट्रिय दबूको अभियानमा आफ्नो साथ सधै रहने पनि बताए । प्रत्येक नागरिकलाई खोप सुनिश्चित गर्न सरकारले पहल गरिरहेको बताउँदै मन्त्री श्रेष्ठले अहिलेको विषम परिस्थितिमा भ्रम र अफवाहले थप नकारात्मक असर पु-याउन सक्ने भन्दै सत्यतथ्यमा आधारित समाचार लेख्न आग्रह गरे ।
काठमाडौं महानगरपालिकाले नेपालभाषामा शिक्षा दिन गरेको गरेको पहल सकारात्मक रहेको बताउँदै मन्त्री श्रेष्ठले विभिन्न भाषाभाषी र जातजाति बसोबास रहेको क्षेत्रमा त्यहाँको स्थानीय भाषाबाट शिक्षा दिनुपर्ने पक्षमा आफू रहेको बताए । सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले पत्रकार राष्ट्रिय दबूले नेपाली सञ्चार क्षेत्रलाई समावेशी बनाउने अभियानमा अघि सारेका योजना र कार्यक्रमबारे जानकारी दिँदै यस कार्यमा संघीय सरकारको सहयोगको खाँचो औल्याए ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका कोषाध्यक्ष एवं समूहका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले कोरोना संक्रमणको जोखिम कारण लागू निषेधाज्ञाले थुप्रै सञ्चारकर्मीहरु बेरोजगार बनेको, साना तथा स्वरोजगार मिडिया संकटमा परेको, पत्रकार र तिनका परिवार संक्रमित भएको लगायत अनेक समस्यामा फसेको बताउँदै ति सञ्चारकर्मीहरुलाई यथासक्दो सहयोग गर्न कोष खडा गरेको जानकारी दिए । अहिलेसम्म कोषमा करिब ३ लाख रुपैयाँ जम्मा भइसकेको पनि संयोजक श्रेष्ठले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३