काठमाडौं – सरकारले कर बुझाउने म्याद थपेर २५ असारसम्म बनाएको छ । अर्थ मन्त्रालयमा आज बसेको बैठकले म्याद थपेको हो ।
कोरोना भाइरसको संक्रमणका कारण निषेधाज्ञा जारी भएकाले म्याथ थपको निर्णय भएको आन्तरिक राजश्व विभागले सूचना जारी गरी जानकारी दिएको हो । मूल्य अभिवृद्धि कर, आय कर, अन्तः शुल्क कर, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुर बुझाउन म्याद थपिएको हो ।
सरकारले २५ असारसम्म बुझाउने गरी कर दाखिलाको म्याद थपेपछि निषेधाज्ञा असारको अर्को हप्ताबाट खुकुलो हुने आँकलन गरिएको छ । सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ ।
१६ वैशाखबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । देशका कतिपय प्रमुख शहरहरुमा पनि निषेधाज्ञा जारी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३