काठमाडौं – जारी निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि काठमाडौं उपत्यकामा प्रवेश गर्न अनिवार्य जिल्ला प्रशासन कार्यालयको सिफारिस चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त कुराको जानकारी गराएको हो ।
प्रशासनले जारी गरेको सूचनामा मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत पाइने उल्लेख छ ।
स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म मात्र गर्न नपाइने सूचनामा उल्लेख छ । काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३