काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धादिङमा बोल्नु र अदालतको फैसला त्यस्तै आउनुमा आशंका व्यक्त गरे । उनले प्रचण्डले मन्त्रिमण्डल विस्तारविरुद्ध अदालतले आदेश दिने संकेत गर्दै धादिङमा बोलेकोमा आशंका व्यक्त गरेका हुन् ।
ओलीले आज परराष्ट्र मामला अध्ययन केन्द्रको कार्यक्रममा भने,‘काठमाडौंमा कुखुरा हराउँदा धादिङमा स्याल करायो ।’ उनले प्रचण्डलाई स्यालको संज्ञा दिए ।
सर्वोच्च अदालतमा मन्त्रिमण्डल विस्तारविरुद्ध आदेश आउनसक्नेतर्फ प्रचण्डले धादिङमा बोलेका थिए । उनले बोलेको भोलिपल्ट अदालतको त्यस्तै फैसला आएको थियो । त्यसलाई ओलीले सेटिङको आशंका गरे ।
ओलीले विपक्षी गठबन्धनले अदालतबाट राजनीतिक फैसला खोजेको भन्दै आलोचना गरेका छन् । उनले भने,‘अदालतबाट राजनीतिक फैसला खोजियो । एकछिनको मज्जा आउला तर भविष्यमा समस्या आउनसक्छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७