काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि कोरोना खोप जसरी पनि उपलब्ध गराउने बताए । उनले यस कुरा सोमबार संघीय संसद् भवनमा विपक्षी गठबन्धनले बुद्धिजीविसँग गरेको अन्तरक्रियामा आफ्नो सरकार बनेपछि पहिलो निर्णय कोरोनाविरुद्धको खोप ल्याउने बारे हुने बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रयास गर्दा सफल नभइरहेको अवस्थामा देउवाले विश्वासका साथ कोरोनाविरुद्धको खोप ल्याउने बारे कसरी बोले ?
देउवाले यस विषयमा त्यसै बोलेका भने होइनन् । पछिल्लो समय नेकपा फुटभन्दा अगाडीे चीनको दौडधुपसँग यो विषय गाँसिएको छ । अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पहिले कै अवस्थामा फर्काइनु अघि नेकपा फुटको संघारमा रहदा चीनले नेकपा विवाद सुल्झाउने सक्दो प्रयास गर्यो । प्रधानमन्त्री ओलीले चीनको त्यो प्रयासलाई व्यवास्ता गरिदिँदा ओली र चीनको सम्बन्धमा दरार उत्तपन्न भएको कुरा प्रष्ट देखिएको थियो । त्यस परिस्थिती पश्चात चीन र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सम्बन्ध भने झनै सुमधुर बन्यो ।
चीनले आफ्नो देशमा दैनिक करिब दुई करोड नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइरहेको छ । देशभित्र मात्र नभएर विदेशमा रहेका आफ्ना नागरिक पनि खोपबाट बञ्चित भएका छैनन् । चीन खोप बिक्रि गर्न इच्छुक रहेको देश मध्येमा पदर्छ । तर नेपालले चीनबाट ५० लाख डोज खरिद प्रक्रिया र १८ लाख डोज अनुदानमा पाउने प्रक्रिया रहेपनि खोप आउन ढिलाइ भइरहेको छ ।
खोप ल्याउने प्रक्रिया नेपालबाट नभइ चीन तर्फबाट नै ढिलाइ भइरहेको हो । संसद विधटन र प्रधानमन्त्रीसम्बन्धी मुद्दा अदालतमा बिचाराधिन रहिरहेको अवस्थामा चीनले पनि अदालत कै फैसला कुरीरहेको बुझ्न गाह्रो पर्दैन । सकेसम्म चीनले ओली सरकारलाई भन्दा अब बन्ने सरकारलाई खोप हस्तान्तरण गर्न चाहिरहेको छ ।
शेरबहादुरले पनि पछिल्लो समय नजिकिएका प्रचण्डको निकटताका आधारमा चीनबाट खोप ल्याउने कुरा विश्वासका साथ गरेको जानकारहरु बताउँछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३