काठमाडौं – नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा माधवकुमार नेपाल खेमाका नेताहरुले पनि निम्तो पाएका छन् । बुधबार विहान ११ बजेका लागि तय भएको बैठकमा उनीहरुले पनि निम्तो पाएका हुन् ।
बैठकमा एमालेबाट निष्काशित माधव नेपालसहित ११ जनालाई भने निम्तो गरिएको छैन । निम्तो नगरिएकामा भीम रावल, रामकुमारी झाँक्रीलगायत छन् । उनीहरु सबैजना विघटित प्रतिनिधि सभाका सांसद हुन् । १० जेठमा उनीहरु निष्काशित गरिएका थिए ।
माधव नेपाल खेमाका नेताहरुलाई बोलाइएपनि अधिकांश नजाने बुझिएको छ । उनीहरुले महाधिवेशन आयोजक कमिटीको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३