काठमाडौं – नेकपा एमालेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले सहभागिता नजनाउने भएका छन् । उनले बैठकमा नजाने निर्णय लिएपछि उपाध्यक्ष बामदेव गौतम मनाउन लागिपरेका छन् ।
गौतमले नेपालसँग सम्पर्क गरेर यसबारे कुराकानी गरेको बुझिएको छ । उनले पार्टी बैठकमा जानुपर्छ भनेका छन् ।
दिउँसो देखि नै गौतमले नेपालसँग सम्पर्क गर्न खोज्दा सफल भएनन् । उनले साँझ सम्पर्क गरी कुराकानी गरेको बुझिएको छ ।
माधव नेपालले भने आजको बैठकलाई अवैध भन्दै यसले गरेको निर्णय नमान्ने निकटस्थसँग बताइसकेका छन् । उनले आफू पक्षीय बैठक भोलि डाकेका छन् ।
तटस्थ बस्दै आएका गौतम भने पार्टी बैठकमा सहभागी हुने भएका छन् । उनले निकटस्थसँग छलफल गरी बैठकमा सहभागी हुने बताएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३