काठमाडौं – नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् । हिजो बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव नेपालसहति २३ जना सांसदलाई सोमबार साँझ ५ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि नेता नेपाल अब के गर्ने भन्नेबारे निर्णय लिनको लागि आन्तरिक छलफलमा जुटेका हुन् । नेता नेपालनिकट नेता सोमप्रसाद पाण्डेले नेता नेपाल कोर टिमसँग छलफलमा जुटेको पुष्टि गरे । उनले पार्टी एकताको लागि दुवै तर्फबाट गम्भीर पहल भैरहेको जानकारी दिए ।
तर, नेता नेपालनिकट नेताहरुले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने उद्घोष गरिसकेका छन् । हिजो बैठकले हस्ताक्षर फिर्ता लिन निर्देशन गरेलगत्तै नेतृ रामुकमारी झाँक्रीले कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेकी थिईन् । उनले बरु राजनीतिबाट सन्यास लिने तर हस्ताक्षर फिर्ता नलिने उद्घोष गरेकी थिईन् ।
नेपाल पक्षधर युवा नेताहरु भने अब निशर्त एमालेमा फर्कनुपर्ने पक्षमा उभिएका छन् । युवा नेताहरु ओलीसँग नजिकएपछि नेता नेपाललाई पनि अहिले दबाब परेको छ । आजको छलफलपछि अब के गर्ने भन्नेबारे नेता नेपालले निर्णय लिने जनाईएको छ । अध्यक्ष केपी शर्मा ओलीले भने तोकिएकै समयमा हस्ताक्षर फिर्ता नलिईए अब एमालेको एकता असम्भव रहेको हिजोको बैठकमा ब्रिफिङ गरिसकेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३