काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना झन् कमजोर भएको छ । दुवै नेताबीच मिलन गराउन दोस्रो तहका नेता सक्रिय भएपनि सफल हुन सकेका छैनन् ।
संवादहीनतामा आइसब्रेक भएपनि ओली र नेपाल आ आफ्नै अडानमा छन् । ओलीले २३ सांसदको काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । तर, नेपालले त्यसलाई ठाडै अस्वीकार गरेका छन् । उनले प्रतिनिधि सभा विघटन फिर्तालगायत सच्चिनुपर्ने विषय राखेको बुझिएको छ ।
२३ सांसदको हस्ताक्षर फिर्ता लिने या नलिनेमा ओली र नेपालबीचको सहमति अड्किएको छ । दुवै टसमस नभएपछि फरक बाटोतर्फ बढ्ने निश्चितप्रायः भएको छ ।
आज अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकबाट विधान महाधिवेशन गर्ने निर्णय गराएर तयारीको जिम्मेवारी पनि आफूसहित चार नेतालाई तोकेका छन् । बैठकमा नेपाल समूह अनुपस्थित छ । यसलाई अवैधानिक भन्दै आएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३