काठमाडौँ – एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आन्दोलनका लागि तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकमा आफू नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेकाले आन्दोलनको विकल्प नरहेको भन्दै ओलीले तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । ‘एमाले र एमालेको सरकारविरुद्ध ठूलो षड्यन्त्र भइरहेको छ’, ओलीले भने, ‘हामी आवश्यक परे आन्दोलनमा जानुपर्ने हुनसक्छ, सबै तयार भएर बस्नुस् ।’ ओलीले केन्द्रीय सदस्यहरुमार्फत सबै जनसंगठनका नेता कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन निर्देशन दिए ।
मुलुक कोरोना महामारीको चपेटामा रहेका बेला प्रधानमन्त्रीले नै आन्दोलनमा उत्रने चेतावनी दिनुलाई आश्चर्य मान्नुपर्छ । यसअघि पनि ओलीले संसद विघटन सदर गर्न सर्वोच्च अदालतलाई दबाब दिन सडक आन्दोलन र देशव्यापी ठूला सभाहरुको आयोजना गरेका थिए । ओलीको जनप्रर्शन र सभाको काउण्टरमा तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूहले पनि देशभर सभा आयोजना गरेका थिए । दुवै पक्षले गरेका जनप्रदर्शनका कारण कोरोना महामारी अनियन्त्रित रुपमा फैलिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३