काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता गराउनको लागि दुवै पक्षका दोस्रो तहका नेताहरुको सक्रियता बढेको छ । आज विहानमात्रै गृह तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । नेपाल निवासमा नेपालनिकट नेता घनश्याम भुषालपनि सहभागी थिए ।
भेटमा पौडेलले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । तर, नेपालले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने अडान लिएका थिए । हस्ताक्षर फिर्ता लिए नेपाल पक्षले भनेअनुसार नै अघि बढ्ने र बरु दुवै नेताले संयुक्त हस्ताक्षरसहित एकताको आह्वान गर्ने कुराकानी भएको थियो । तर, नेपाल भने उक्त प्रस्तावमा सहमत नभएको नेताहरुले दाबी गरेका छन् ।
नेपालसँगको भेटवार्तापछि नेताहरु निराश भएर बाहिरिएको पनि एमालेनिकट उच्च स्रोतको दाबी छ । स्रोतले भन्यो,‘वार्तामा सहभागी नेताहरु भेटवार्तापछि निराश भएर बाहिरिनुभयो । अब माधव नेपालजीहरुले ब्याक हुने सम्भावना छैन् ।’ नेता नेपालसँगको भेटवार्ताबारे अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्नको लागि नेम्वाङ यतिवेला बालुवाटार पुगेका छन् । बालुवाटारमा नेम्वाङले माधव नेपालसँगको भेटवार्ताबारे ब्रिफिङ गरिरहेका छन् । एमालेको शुक्रबार र शनिबार बसेको बैठकले नेपाल पक्षलाई भोलि साँझ ५ बजेसम्म देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३