काठमाडौं – सञ्चारकर्मी रुपा सुनारले घरधनी सरस्वती प्रधानलाई हिरासतबाट सरकारी गाडीमा लिएर हिँड्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट तत्काल हटाएर अनुसन्धान गर्नुपर्ने माग गरेकी छन् ।
आइतबार सर्वाेच्च अदालतमा मुद्धा दायर गर्दै उनले मन्त्री श्रेष्ठलाई पदबाट तत्काल हटाएर जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को दफा ३ को उपदफा २ दफा ४ को उपदफा २, ५, ९, १०,१२, दफा ८ बमोजिम अनुसन्धान गर्न माग गरेकी हुन् ।
उनले सर्वाेच्च अदालतमा दायर गरेको रिटमा भनिएको छ , ‘पदीय ओहदा र सरकारी सरकारी पद तथा स्रोत समेतको दरुुपयोग गरी प्रहरी
कार्यालयमै पगुी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गरी संवैधानिक अनाधिकृत कार्य गर्ने विपक्षी नं १ का शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रीलाई उक्त पदबाट तत्काल हटाइ निजमाथि जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को दफा ३ को उपदफा २ दफा ४ को उपदफा २, ५, ९, १०,१२, दफा ८ बमोजिम निजविरुद्ध विपक्षी न. २ र ३ को कार्यालयमा दिएको जाहेरी तत्काल दर्ता गरी कानुनबमोजिम अनुसन्धान गर्न, गराउन र अनुसन्धानको प्रगति प्रतिवेदन प्रत्येक हप्तामा सम्मानित सर्वोच्च अदालतमा पेश गर्नसमेतको निर्देशन गरी पाउन परमादेशको आदेश जारी गरी पाउँ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३