काठमाडौं – नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रभु साहविरुद्ध महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी परेको छ ।
पूर्वमन्त्री शाहले क्यानडा पठाइदिन्छु भनेर ३० लाख लिएकोमा १० लाख फिर्ता गरेको र बाँकी २० लाख फिर्ता नगरेपछि बाँसबारीकी दीपा कुँवरले उनीविरुद्ध सोमबार उजुरी दर्ता गरेकी हुन् ।
दीपका अनुसार साहले ३० लाख रुपैयाँ लिएकोमा १० लाख फिर्ता लिएको तर बाँकी २० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ ।
मन्त्री साहले बाँकी पैसा फिर्ता नगरेपछि उनी साहको निवास बानेश्वरस्थित घरमै केही महिला अधिकारकर्मीका साथ पुगेकी थिइन् । घरमै घेरा हालेपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको बताइएको छ ।
तर, पूर्वमन्त्री साहले भने ती महिलालाई आफूले नचिनेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई फसाउन योजनावद्ध ढंगले उक्त योजना बनाएको साहको आरोप छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३