काठमाडौँ – घटना र यसको वास्तविकतालाई अतिरञ्तिज पार्न र अनुसन्धानप्रकृया माथिनै समस्या ल्याउने भन्दै चितवनका स्थानीयबासीले एक युट्युवर सञ्चालकलाई लखेटेका छन्। पूर्वी चितवनको राप्ती नगरपालिका ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा क्यामेरा लिएर पुगेका युट्युबर भोजराज थापालाई स्थानीयले लखेटेका हुन।
एक युवती वेपत्ता भएको क्षेत्रमा पुगेर भिडियो कैद गर्न थाले पछि स्थानीयले गलत र जनतामा भ्रम सिर्जना मात्र गर्ने भन्दै उनलाई त्यस क्षेत्रबाट लखेटेका हुन् । आजभोली युटुवरेहरुले जथाभावि व्यत्तिगत र पारिवारिक घटना समेतलाई विषयबस्तु बनाएर परिवार माथिनै फुट ल्याउने र परिवार भाड्ने देखि समाजमा गलत सन्देश जाने खालका विषयबस्तुहरु पोष्ट गर्ने गरेको पाइएको छ । स्थानीयबासीहरुनै सचेत भएर यस्ता गलत फण्डा गरी समाजमा नकरात्मक नतिजा दिने विषयबस्तु जथाभावि प्रचार गर्ने विरुद्ध कारवाही शुरु गर्नु पर्ने चितवनबासीको माग छ । बास्तविकता भन्दा पनि भिउ बटुल्ने र पैसा कमाउने लक्षले पत्रकार र सञ्चारकर्मी हुँ भन्दै गलत कृयाकलाप गर्दै आएको पाइएको छ।
असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् ।जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव गलेको अवस्थामा फेला परेको छ ।शो शव र घटनाको भिडिओ बनाउन गएका युट्युवरेहरु त्यस क्षेत्रमा पुगेका थिए ।
भिडिओ नखिच्न र तत्काल घटनास्थल छोड्न उनलाई स्थानीयले दबाब दिए पनि घटनाहरुलाई अतिरन्जित पार्ने गरी भिडियो कैद गरेको स्थानीयको आरोप छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३