काठमाडौँ – मन्त्रालयको गाडीमा यौनजन्य क्रियाकलाप गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्र. ३–०१–००२ झ ५०५२ नम्बरको गाडीमा यौनजन्य क्रियाकलाप भएको हो । भक्तपुरको घ्याम्पे डाँडा जंगलमा बुधबार राति ११ बजेको समयमा रोकिएको सरकारी गाडीमा यौन क्रियाकलाप भएको देखेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गाडीभित्र शम्भु कार्की र २१ वर्षीया युवती यौन कार्यमा लिप्त रहेका बेला पक्राउ गरिएको भक्तपुरका प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।
गिरिका अनुसार कार्की र महिलासहित मन्त्रालयका गाडी चालक ४१ वर्षीय जितबहादुर खत्रीलाई पनि नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गरेको कसुरमा कारबाही अगाडि बढाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३