काठमाडौँ- पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेभित्रका २३ जनाको नाम सार्वजनिक गर्दै उनीहरूले गद्दारी गरेर एमाले सरकार ढलेको आरोप लगाएका छन् ।
बुधवार सबेरै ट्वीट गर्दै थापाले यस्तो सुची सार्वजनिक गरेका हुन्। उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई काँग्रेस सभापति शेरबहादुर देउवाको वैशाखी बनेको समेत आरोप लगाएका छन्।
थापाले ट्वीटमा लेखेका छन्,‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको वैशाखी बन्ने र पहिलो बधाई दिन आतुर माधव कुमार नेपालको निम्ति त यो हर्ष विभोर क्षण होला !’
उनले माधव नेपालको कामलाई “हलो ताछी मुङ्ग्रो” बनाएको भन्दै टिप्पणी गरेका छन्। ‘जनादेश विपरीत परमादेशबाट श्री शेवदेको प्रममा नियुक्ति “हलो ताछी मुङ्ग्रो” बनाए जस्तै हो । यिनै २३ को गद्दारीको परिणाम त हो !’ उनले लेखेका छन् ।
उनले सार्वजनिक गरेको नाममा वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, डा.भीम रावल,रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, मेटमणि चौधरीलगायतको नाम सार्वजनिक गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३