काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै पार्टीमा आफूविरुद्ध लागेका सांसदहरुमाथि कारबाही गर्ने सूची तयार गरिसकेका छन् । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावका हस्ताक्षरकर्ता २३ सांसदमाथि कारबाही गर्ने गरी सूची तयार गरेका हुन् ।
माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २३ सांसदको हस्ताक्षरले शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने ढोका खुलेको हो । जसका कारण सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश नै जारी गर्यो ।
ओलीले बालुवाटार पुगेर माधवकुमार नेपालमाथि सबैभन्दा आक्रोश पुगे । उनले नेपाललाई पार्टीमा कुनै स्थान नभएको समेत बताए । अब पार्टी बैठक डाकेर नेपालसहित २३ सांसदमाथि ओलीले कारबाही गर्ने तयारी समेत गरेका छन् ।
कारबाहीको सूचीमा परेकामा १५ प्रत्यक्ष निर्वाचित र ८ समानुपातिकतर्फका सांसद हुन् । उनीहरुलाई पार्टीबाट निष्काशन गर्ने देखि सांसद सदस्य खारेज सम्मको निर्णय सिफारिश गर्ने तयारी भएको बुभिएको छ ।
समानुपातिकतर्फको ८ सांसदको हकमा बन्दसूचीमा रहेकामा तलतिर रहेकाहरुले अवसर पाउने छन् । तर, प्रत्यक्षतर्फका निर्वाचित सांसदलाई भने हटाउन कठिन छ । उनीहरुले दल त्याग गरेमा मात्र हटाउन सकिने व्यवस्था छ ।
नेपाल-खनाल पक्षीय सांसद
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. भीम रावल
४. सुरेन्द्र पाण्डे
५. भवानी खापुङ
६. राजबहादुर बुढा
७. यज्ञराज सुनुवार
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. जीवनराम श्रेष्ठ
११. नारायण खतिवडा
१२. धनश्याम भुसाल
१३. सोमप्रसाद पाण्डे
१४. मेटमणी चौधरी
१५. झपट रावल
१६. दिपकप्रकाश भट्ट
१७. रामकुमारी झाँक्री
१८. सरला यादव
१९. पुष्पाकुमारी कर्ण
२०. कल्याणी खड्का
२१. निरादेवी जैरु
२२. लक्ष्मीकुमारी चौधरी
२३. मुकुन्द न्यौपाने
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३