काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधि सभा सदस्यहरुलाई निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत् प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
बैठकले एमालेको विद्यमान समस्या समाधानका सम्बन्धमा सुझाव दिन गठित कार्यदलले तयार गरेको प्रस्तावलाई अनुमोदन गरेको छ । तर, कार्यदललाई विघटन समेत गरेको छ । यो निर्णयसँगै नेकपा एमालेभित्र फुट निश्चितप्रायः भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३